राष्ट्रपति भण्डारी र भारतीय विदेशमन्त्री स्वराजबिच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री सुषमा स्वराज । तस्बिर सौजन्य : राष्ट्रपति कार्यालय
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुषमा स्वराजबिच भेटवार्ता भएको छ ।
शुक्रबार दिउँसो शीतल निवासमा भएको भेटमा नेपाल भारतबिचको आपसी हित, सम्बन्ध सुधार र पछिल्लो चासोका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
दुई देशबिच रहँदै आएको सौहार्द सम्बन्ध र त्यसका विविध पक्षका बारेमा छलफल भएको राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालले जानकारी दिए ।
सम्बन्धित समाचारहरु…