ककसले खाए प्रधानमन्त्री र स्वराजसँग लञ्च?

प्रधानमन्त्री शेरबहादुर देउवासँग शुक्रबार बालुवाटारमा हात मिलाउँदै भारतीय विदेशमन्त्री सुषमा स्वराज। तस्बिर: सुलभ श्रेष्ठ

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच शुक्रबार भएको लञ्च मिटिङमा कोको भाग्यमानी सहभागी थिए?

प्रधानमन्त्रीसँगको भेटमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, उद्योगमन्त्री सुनिलबहादुर थापा, अर्थ राज्यमन्त्री उदयसम्शेर राणा, परराष्ट्र सचिव शंकरदाश बैरागी लगायतले सुषमा स्वराजसँगै लञ्च गरेका थिए।

नेताहरु रामचन्द्र पौडेल, सशांक कोइराला, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, नारायण खड्का, प्रकाशसरण महत र विनोदकुमार चौधरी र भारतीय विदेश मन्त्री स्वराजबीच बालुवाटारमै दिवाभोज सहित भेटवार्ता भएको थियो।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा नेपाल र भारतबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा छलफल भएको थियो। भारतीय विदेशमन्त्री स्वाराजले स्थानीय तहको तेस्रो, प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा प्रधानमन्त्री देउवालाई बधाई दिएकी थिइन्।

करिब एक घन्टा लामो लञ्चपछि भारतीय  विदेशमन्त्री स्वराज सोझै विमानस्थल गएकी थिइन्, आफ्नो २४ घन्टाभन्दा कम समयको नेपाल भ्रमणलाई टुंग्याउँदै भारत फर्कन।

सम्बन्धित समाचार…

प्रधानमन्त्रीसँग लञ्च गरेर फर्किन् स्वराज

माघ १९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्