सुषमा स्वराजको प्राथमिकतामा परेन पशुपतिनाथ दर्शन

भारतीय विदेशमन्त्री सुषमा स्वराज प्रधानमन्त्रीलाई भेटेर फर्किँदै। तस्बिर: दीपा दाहाल

काठमाडौं- वाम दलहरुलाई रिझाउने उद्देश्यका साथ करिव २४ घण्टे नेपाल यात्रामा आएकी भारतीय विदेशमन्त्री सुषमा स्वराजको प्राथमिकतामा यसपल्ट पशुपतिनाथ दर्शन परेनन्।

सामान्यतया: भारतबाट हुने उच्चस्तरीय राजनीतिक या कूटनीतिक यात्रामा आउने हिन्दुहरुले नबिराइकनै पशुपति दर्शन गर्ने गरेका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदी र यसअघि स्वराजले पनि त्यो श्रृंखलालाई निरन्तरता दिएका थिए।

शुक्रबार अपरान्ह १२ बजेसम्म पनि पशुपति क्षेत्र विकास कोष स्वराज आउन सक्ने अड्कलबाजीका साथ तयारीमा रहेको बुझिएको छ।

माघ १९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्