प्रहरी कार्यालयमा डिजिटल मोबाइल रेडियो प्रविधि सेवा सुरु

दाङ – जिल्ला प्रहरी कार्यालय दाङमा डिजिटल मोबाइल रेडियो प्रविधि सेवा सुरु भएको छ । उक्त सेवाको शुक्रबार प्रहरी महानिरीक्षक प्रकाश अर्यालले एक कार्यक्रमबिच शुभारम्भ गरे ।

सो अवसरमा प्रहरी महानिरीक्षक अर्यालले प्रहरीलाई प्रविधिमैत्री बनाउने काम भइरहेको बताए । यो प्रविधिले मोबाइल फोनजस्तै काम गर्ने, कुन सेट कहाँ र कस्ले प्रयोग गरिरहेको छ भन्ने कुरासमेत थाहा पाउन सकिनेछ ।

जिपिआर सिस्टमसहितको प्रविधिको प्रयोगले झुटो रिपोर्टिङ गर्न नमिल्ने, विगतका दिनमा एक ठाउँमा रहेको प्रहरीले अर्को स्थानमा रहेको भन्दै ढाँट्ने गरे पनि अब यो प्रविधिको प्रयोग पछि त्यसो गर्न नमिल्ने भएको छ ।

यो नयाँ प्रविधिमा एसएमएससँगै आवाज रेकर्ड गर्न मिल्ने अन अफसँगै कसले कहाँ प्रयोग ग¥यो सबै थाहा पाउन सकिनेछ ।

प्रयोगकर्ताले एक वा समूह दुवैसँग एकैपटक कुरा गर्न मिल्ने र कुनै घटना घटेको छ भने घटनास्थलनजिक कुन प्रहरी चौकी वा कार्यालय छ भनेर तत्काल थाहा पाउन सकिने भएकाले घटनाका बारेमा छिटो अन्य प्रहरीलाई जानकारी गराउन सकिनेछ ।

माघ २०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्