लोनमा आएका बात्शुयीले गरे डेब्यु खेलमै दुई गोल

जर्मन बुण्डेस लिगा फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा बोरुसिया डर्टमुण्ड विजयी भएको छ । अवे मैदानमा भएको खेलमा एफसी कोल्नलाई ३–२ ले हराउँदै बोरुसिया डर्टमुण्ड अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

बोरुसियाको जितमा विन्टर विण्डोमा लोनमा इंग्लिस क्लब चेल्सीबाट आएका मिसी बात्शुयीले दुई गोल गरे । यस्तै आन्द्रे शुलरले एक गोल गरे । कोल्नका लागि जुलेर र मिरीले एक एक गोल गरे ।

बात्शुयीले बोरुसियाबाट डेब्यु खेलमै दुई गोल गरेर प्रभावकाशाली सुरुवात गरेका हुन् । जितपछि दोस्रो स्थानमा उक्लिएको बोरुसियाको २१ खेलबाट ३४ अंक भएको छ र उ शीर्ष स्थानको बार्यन म्युनिख भन्दा १६ अंकले पछि रहेको छ ।

माघ २०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्