आजको मौसम : पश्चिममा आंशिक बदली, मध्य क्षेत्रमा सफा

काठमाडौं – सुदूरपश्चिम तथा मध्यपश्चिमका क्षेत्रमा शनिबार आंशिक बदली हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै मध्य तथा पूर्वी पहाडी क्षेत्रमा पनि आंशिक बदली हुनेछ । बाँकी क्षेत्रको मौसम सफा रहने मौसमविदले बताएका छन् । तराईका केही क्षेत्रमा मात्रै बाक्लो हुस्सु लागेको र त्यो बिस्तारै हट्दै जाने महाशाखाले जनाएको छ ।

काठमाडौंमा बिहानैदेखि घाम लागेको छ । दिउँसो पनि मौसम सफा रहने तर घाम धेरै चहकिलो वा पारिलो भने नहुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

माघ २०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्