दाङ – दाङमा ट्रिपर दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । सिमेन्ट बोकेर दाङबाट रुकुम जाँदै गरेको से १ क ५२७ नम्बरको ट्रिपर ब्रेक फेल भएर बाटोबाट तल खस्दा दुईजनाको ज्यान गएको हो ।

दुर्घटनामा ट्रिपर चालक कोहलपुर नगरपालिका–१० का २८ वर्षे सुरज बोहोरा र सहयोगी डोटीका २३ वर्षे रमेश पुनको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनाको उपचारको क्रममा अञ्चल अस्पताल दाङमा शुक्रबार राति ज्यान गएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्…

बाक्लो हुस्सुले बस र ट्रिपर ठोक्किदा १२ घाइते

मारमा मोटरसाइकल र पैदलयात्रु

माघ २०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्