शनिबार दिउँसो करिब डेढ बजे लगनखेलस्थित बटुक भैरब मन्दिर पुगेकी पूर्व युवराज्ञी हिमानी शाहले यहाँ करिब पाैने घन्टा पूजाआजा गरेकी छन्।

उनी पूजा सकेर निस्कँदा सवा दुई भइसकेको थियो।

यसै पनि शनिबार भिड हुने बटुक भैरव मन्दिर परिसर हिमानीका कारण अझ भिडभाड बनेकाे थियो। पूजा सकिएपछि उनलाई पूजारीले प्रसाद दिएका थिए। परम्परागत पोशाकमा मन्दिर पुगेकी हिमानीलाई पूजारीले माला लगाइदिएका थिए।

देशसञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठ पनि हिमानीलाई पछ्याउँदै बटुक भैरब मन्दिर पुगेका थिए। उनले खिचेका केही तस्बिरहरु: