तालिवान अखाडामा आक्रमण हुँदा २५ मारिए

फाइल तस्बिर।

मैमान, अफगानिस्तान- अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा तालिवानको अखाडालाई लक्ष्य गरी सरकारी बल गरेको कारबाहीमा परी कम्तीमा २५ आतङ्ककारी मारिएका छन्।

गत २४ घण्टायता यो कारबाही जारी रहेको प्रहरी प्रवक्ताले शनिबार जानकारी दिएका छन्। यस कारबाहीमा कुख्यात तालिवान कमाण्डर मवलावी युसुफसहित चार कमाण्डर मारिएका छन्।

यस इलाकामा शान्ति नभएसम्म तालिवानविरुद्ध सुरक्षा कारबाही जारी रहने प्रहरी प्रवक्ताले जानकारी दिएका छन्। तालिवान आतङ्ककारी समूहले भने यस कारबाहीको विषयमा केही टिप्पणी गरेका छैनन् । (रासस/सिन्ह्वा)

यो पनि पढ्नुहोस्…

अफगानिस्तानमा ५० लडाकू मारिए, १० गाँउ पुनःकब्जामा

माघ २०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्