प्रदेश नं. २ को पहिलो बैठक : अनिर्वाय ड्रेसमा आएनन् सदस्य (तस्बिरसहित)

जनकपुरधाम – प्रदेश नं. २ को प्रथम प्रदेशसभा बैठक आइतबार बसिरहेको छ । तर प्रदेशसभा सदस्यको पोशाक कफी रंगको कोट र बण्डी अनिवार्य गरे पनि प्रदेशसभा सदस्यले उक्त पोशाक लगाएका छैनन् ।

पुरुष सदस्य धोती कुर्ता, कुर्ता पैजामा र कोटमा आएका छन् । यस्तै महिला सदस्य साडीमा सजिएका छन् । बैठकमा प्रदेश नं. २ बाट प्रत्यक्ष तथा समानुपातिकसहित जम्मा १०७ जना सदस्य रहेका छन् ।

माघ २१, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्