आरजु सवार गाडीलाई कारले ठक्कर दियो

आरजु देउवा। फाइल तस्बिर।

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा पूर्वसासंद आरजु देउवा चढेको गाडीलाई कारले ठक्कर दिएको छ।

महानगरीय प्रहरी वृत्त गौशालाका अनुसार आरजु सवार बा ९ च ८३५६ नम्वरको गाडीलाई गौरीघाटमा कारले ठक्कर दिएको हो।

ठक्करले देउवा चढेको गाडीमा सामान्य क्षति पुगेको  प्रहरीले जनाएको छ।

प्रहरी ठक्कर दिएको गाडीको खोजी भइरहेको जनाएको छ।

माघ २१, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्