पार्टी एकताका लागि एमालेले धेरै त्याग गर्नुपर्छ: वामदेव

तस्बिर: बर्षा शाह

काठमाडौं-  एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टी एकताका लागि एमाले बढी जिम्मेवार हुनु पर्ने बताएका छन्।

प्रेस चौतारीको बीसौं स्थापना दिवसमा गौतमले पार्टी एकताका लागि ठूलो पार्टी जिम्मेवार हुने भएकाले माओवादी भन्दा एमालेले धेरै त्याग गर्न तयार हुनुपर्ने बताए।

उनले बाम गठबन्धनको एकताबारे टिप्पणी गर्दै भने, ‘अहिले एमाले र माओवादी एक अर्कोमा गाभिन लागेको होइन, एकताले दुई पार्टी मिलेर ठूलो नयाँ शक्ति  बन्न लागेको हो।’

गौतमले भने, ‘अहिले पनि पार्टी एकता नहुनु भनेको कम्युनिष्ट इतिहासमा ठूलो दुर्घटना हो।’

उनले पार्टी एकता भए २०६३ देखि गरेको छैंटौँ प्रयास सफल हुने बताए।

माघ २१, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्