मोबाइलमा धेरै खर्च गर्ने ‘कुलमान’

काठमाडौं- नेपाल टेलिकमको जिएसएम पोस्पेड सेवा प्रयोग गरेर सर्वाधिक बिल भुक्तानी गर्ने व्‍यक्तितर्फ विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ देखिएका छन्। सोमबार नेपाल टेलिकमले आफ्नो १४ औ वार्षिक उत्सवमा खर्च विवरण सार्वजनिक गर्दा यस्तो देखिएको हो।

खर्च विवरणमा कुलमानले वर्ष भरीमा १ लाख ९७ हजार ६ सय २५ रुपैयाँ खर्च गरेको देखिएको छ। यस्तै संस्थागत तर्फ यो वर्ष सूर्य नेपाल प्रालि सबभन्दा अग्र स्थानमा देखिएको छ। उसले वर्ष भरीमा ९ लाख ४६ हजार १ सय ८० रुपैया बिल भुक्तानी गरेको छ।

यस्तै जिएसएम प्रिपेड सेवामा व्‍यक्तिगततर्फ नयाँ बानेश्‍वरका पुष्प प्रसाद दुलाल रहेका छन्। उनले ६४ हजार ४ सय ५ रुपैयाँ खर्च गरेका छन्। यसैगरी सीडीएमए पोस्टपेड संस्थागतततर्फ काठमाडौं नव ज्‍योति इम्पेक्सले सबैभन्दा बढी १८ हजार ६ सय खर्च गरेको देखिएको छ भने व्‍यक्तिगततर्फ मोरङका दिल बहादुर लावती रहेका छन्। लावतीले ३७ हजार दुई सय खर्च गरेको देखिएको छ।

यस्तै सीडिएमए प्रीपेडमा व्‍यक्तिगततर्फ विदुर बहादुर परियार रहेका छन्। उनले २ लाख २१ हजार एक सय ६ रुपैयाँ खर्को गरेको देखिएको छ।

त्यसैगरी वाइम्‍याक्समा संस्थागतर्फ ललितपुरको सिनो हाइड्रो पावरले सबैभन्दा बढी बिल भुक्तानी गरेको देखिएको छ। उसले ८८ हजार रुपैया खर्च गरेको देखिएको छ।

यस्तै लिजलाइनतर्फ सर्वोच्‍च अदालतले १ करोड ६८ लाख २९ हजार ६ सय ८० रुपैया खर्च गरेको देखिएको छ भने पिएसटीएन संस्थागततर्फ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ४२ लाख एक हजार २ सय ३४ रुपैया खर्च गरेको छ। यस्तै व्‍यक्तिगततर्फ कञ्‍चनपुरका राम प्रकाश रानाले १ लाख २६ हजार ८ सय ६४ रुपैया पठाएर खर्च गरेका छन्।

माघ २२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्