सेयर बजारमा दोहोरो अंकको गिरावट, सानिमा माईको धेरै रकमको कारोबार

काठमाडौँ- साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ।

सोमबार परिसूचक १०.४६ अंकले घटेर १४००.०५ अंकमा पुगेको छ।

दोहोरो अंकले ओरालो लागेको बजारमा १ सय ५४ कम्पनीको ३० करोड ७८ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भयो।

सोमबार दिनभरमा ३ हजार ८ सय ९४ कारोबारबाट ९ लाख १५ हजार ५ सय २३ कित्ता सेयर खरिद बिक्री भएको हो।

सोमबार धेरै रकमको, धेरै पटक र धेरै कित्ता कारोबार गर्ने कम्पनी सानिमा माई हाइड्रोपावर बन्यो।

सानिमा माईको २ सय ९० कारोबारबाट ८४ हजार १ सय ९९ कित्ता सेयर खरिद बिक्री हुँदा ३ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो।

सोमबार धेरै रुपैयाँ बढ्ने कम्पनी नयाँ नेपाल लघुवित्त संस्था बन्दा धेरै रुपैयाँ घट्ने कम्पनी गुहेश्वरी मर्चेन्ट विकास बैंक बन्यो।

नयाँ नेपालको मूल्य ३.४१ प्रतिशतले उकालो लाग्दा गुहेश्वरीको मूल्य ५.७ प्रतिशतले ओरालो लागेको हो।

दोहोरो अंकले ओरालो लागेको बजारमा सम्पूर्ण उपसूचकहरु पनि ओरालो लागेका छन्।

सबैभन्दा बढी हाइड्रोपावर उपसूचक १.६६ प्रतिशतले ओरालो लागेको छ।

माघ २२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्