ट्रककाे ठक्करबाट पैदलयात्रीकाे मृत्यु

काठमान्डाै- पर्साको विरगञ्ज महानगरपालिका-१६ बसपार्कमा साेमबार ट्रकको ठक्करबाट एक पैदलयात्री महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानिय ४० बर्षिया बविता चौधरी रहेकी छिन्। ना ६ ख ४९०८ नम्बरको ट्रकले पैदल हिडिरहेकी महिलालाई ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा संलग्न ट्रकलाई स्थानिय प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार रहेका चालकको खोजी भैरहेको छ।

सम्बन्धित समाचारहरु 

मिनिट्रक र मोटरसाइकल ठोक्किँदा दम्पतीको मृत्यु

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

माघ २२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्