राखेपको योजना- ३ वटा प्रदेशमा ‘स्पोर्ट सिटी’

राखेपका सदस्य सचिव केशवराज बिष्ट खेलाडीहरुसँग सामूहिक तस्बिर खिचाउदै। तस्बिर: दशरथ घिमिरे।

दाङ– राष्ट्रिय खेलकुद परिषद्ले तीनवटा प्रदेशमा स्पोर्ट सिटी बनाउन तयारी थालेको छ। प्रदेश नं. १ को इटहरी, ४ को पोखरा र ५ को दाङलाई स्पोर्ट सिटीको रुपमा विकसित गर्ने तयारी गरेकोिराष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवराज बिष्टले बताए। स्पोर्ट सिटीको सम्भाब्यता अध्ययन गर्न यहाँ आएको टोलीसँगै उनी पनि आएका थिए।

देशसञ्चारसँगको कुराकानीमा राखेपका सदस्य सचिव बिष्टले तुलसीपुर उपमहानगरपालीकालाई स्पोर्ट सिटीको रुपमा विकास गर्ने तयारी भइरहेको बताए। स्पोर्ट सिटी बनाउन उपमहानगरपालिकाकासँग छलफल चलिरहेको र केही दिनमा औपचारिक घोषणा गरिने उनले उल्लेख गरे। ‘स्पोर्ट सिटी भयो भने विकास र पहिचानसँगसँगै हुन्छ’, उनले भने, ‘खेलकुदको विकासमा स्थानीय तहले पनि ध्यान दिनेगरी योजना अघि सारिएको हो।’

स्पोर्ट सिटी बनाउन सम्भाब्यता अध्ययन भइरहेको छ। खेलकुद विकास समितिका अध्यक्ष डिल्लीबहादुर डाँगीको अध्यक्षता एवम् राखेपका सदस्य सचिव बिष्टको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो। यस्तै सोमबार घोराही र लमही क्षेत्रमा खेल क्षेत्रको अवस्थाको बारेमा अध्ययन तथा भेटघाट भएको छ।

माघ २२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्