अमेरिका पुग्ने अाशमा दर्जन बढी युवती ठगिए
काठमाडौँ- अमेरिका पुग्ने अाशमा एक युवकलाइ विश्वास गर्दा १४ जना युवती ठगिएका छन्।
आफुलाई अमेरिकन आर्मीका रुपमा चिनाउने सिन्धुपाल्चोकको हेलम्बु घर भएका सुलभ पण्डित क्षेत्रीले अमेरिका पुर्याइदिने प्रलाेभन बाँड्दै उनीहरुबाट एक कराेड ५० लाख रुपैयाँ ठगी गरेकाे प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे- सीआइबीले जनाएकाे छ।
सीआइबीका अनुसार उनले पीडित युवतीबाट जनही पाँचदेखि १७ लाखसम्म उठाएका थिए।
क्षेत्रीले फेसबुकमा मनिष बस्नेत, नरेन्द्रबहादुर पण्डितजस्ता नाम राखेर ठगी गर्दै आएका थिए।
क्षेत्रीविरुद्ध यसअघि नै ४ करोड ९५ लाख रुपैयाँ ठगी गरेको भन्दै जिल्ला अदालतमा मुद्दा दायर भइसकेको अनुसन्धानमा खुलेको छ।
उनले धेरैजसो महिलाहरुलाई ठगी गर्ने गरेका थिए।