मेरिल्याण्डले मनायो १५ औँ वार्षिकोत्सव

विराटनगर- मेरिल्याण्ड कलेजले आफ्नो १५ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम आयोजना गरी सोमबार मनायो।

विद्यार्थीहरुले विभिन्न मनोरन्जनात्मक सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए। उक्त कार्यक्रममा वर्षभरि भएका शैक्षिक तथा अतिरिक्त कृयाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सिल्ड, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो।

यसै कलेजका भूतपूर्व विद्यार्थी तथा राष्ट्रिय स्तरका क्रिकेटर सिद्धान्त लोहनीलाई २१ हजार रुपैयाँले सम्मानितसमेत गरिएको थियो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य, मोरङ प्रहरी प्रमुख अरुणकुमार विसी, रानी गणका प्रहरी उपरीक्षक भिम ढकाल, मोरङ्ग ससस्त्रका प्रमुख भेषबहादुर शाहलगायत उपस्थित थिए। कार्यक्रमका प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका उप–कुलपति प्रा.डा. घनश्याम लाल दासले मेरिल्याण्ड कलेजले शिक्षा क्षेत्रमा गरेको योगदानको खुलेर प्रसंशा गरेका थिए।

कार्यक्रमको अध्यक्षता कलेजका अध्यक्ष गुणराज ढुङ्गेलले गरेका थिए।

माघ २२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्