ट्यांकरको ठक्करबाट एयरपोर्ट भित्रै एकको मृत्यु

काठमाडौं-त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलभित्र सोमबार ट्यांकरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

महानगरीय प्रहरी वृत्त गौशालाका अनुसार एआर-२७ नम्बरको ट्यांकरले ठक्कर दिँदा थाई एयरवेजमा मेकानिकल हेल्पर पदमा कार्यरत ५५ बर्षिय सानू बनको ज्यान गएको हो।

विमानस्थल भित्र फ्युल भर्न भएको ट्यांकरले बनलाई एयरपोर्ट भित्र ठक्कर दिएको थियो।

प्रहरीले ट्यांकर र ट्यांकर चालक ३९ बर्षिय सार्की लामालाई नियन्त्रणमा लिएको जनाएको छ।

चालक लामालाई प्रहरी वृत्त गौशालामा राखिएको र उनलाई सवारी ज्यान मुद्दा चलाईने प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका बन उपचारका लागी अस्पताल लैजान क्रममा बाटोमै मृत्यु भएको थियो।

 

माघ २२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्