अन्तिम समयमा चेल्सी सम्हालिन सकेन, वाट्फोर्डसँग ४–१ ले हार्‍यो

अन्तिमको केही समय सम्हालिन नसक्दा साबिक विजेता चेल्सी इंग्लिस प्रिमियर लिग फुटबल अन्नतर्गत सोमबार राति भएको खेलमा वाट्फोर्डसँग पराजित भएको छ ।

अवे मैदानमा भएको खेलमा चेल्सी ३० औँ मिनेटमा नै १० खेलाडीमा सीमित भएको थियो । बाकायोको दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि चेल्सी समस्यामा परेको हो ।

४२ औँ मिनेटमा पाएको पेनाल्टीमा ट्रोय डीनीले गोल गर्दै वाट्फोर्डलाई सुरुवाति अग्रता दिलाए । ८२ औँ मिनेटमा इडन हजार्डले चेल्सीका लागि बराबरी गोल फर्काए । तर त्यसपछि वाट्फोर्डले तीन गोल गर्‍यो ।

८४ औँ मिनेटमा डेलर यानमार्टले गोल गर्दै वाट्फोर्डलाई अग्रता दिलाए । ८८ औँ मिनेटमा जेरार्ड डेलोफेउ तथा इन्जुरी समयको पहिलो मिनेटमा रोबर्टो पेरेराले गोल गरेपछि वाट्फोर्ड ४–१ ले विजयी भयो ।

जितपछि २६ खेलबाट ३० अंकसहित वाट्फोर्ड ११ औँ स्थानमा कायम छ । यस्तै चौथो स्थानको चेल्सीको ५० अंक रहेको छ ।

माघ २३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्