इंग्लिस प्रिमियर लिग फुटबलमा विन्टर ब्रेक (शीतकालीन बिदा) को व्यवस्था गर्ने तयारी भएको छ । टेलिभिजन राइट सम्बन्धी नयाँ सम्झौताको क्रममा विन्टर ब्रेकको व्यवस्था लागिएको बिबिसीले जनाएको छ ।

जर्मनी, फ्रान्स, इटाली र स्पेनका शीर्ष लिगमा विन्टर ब्रके हुँदै आएको छ । सिजनको मध्यमा हुने ब्रेकका लागि प्रिमियर लिग पनि तयार हुँदै आएको फुटबल एसोसिएसनले जनाएको छ ।

एफए ले यसअघि सन् २०१९ को अन्त्यसम्म विन्टर ब्रेक सम्भव नरहेको बताएको थियो, किनकी अहिलेको टेलिभिजन राइट सम्झौता सन् २०१९ को अन्त्यमा सकिन्छ ।

तर विन्टर ब्रेकका सम्बन्धमा भइरहेको नयाँ प्रयास र छलफल सकारात्मक देखिएको विन्टर ब्रेक आउँदो सिजनमा लागु हुने देखिएको हो ।

माघ २३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्