ल्यारी नासर

अमेरिकाको ओलम्पिक जिमनास्टिक टिमका पूर्व डाक्टर ल्यारी नासरलाई थप ४० देखि १२५ वर्ष जेल सजाय सुनाइएको छ ।

युवा जिमनास्टलाई यौन दुर्व्यवहार गरेको आरोपमाथि सुनुवाई गर्दै अमेरिकाको एक अदालतले नासरमाथि थप ४० देखि १२५ वर्ष जेल सजाय सुनाइएको हो ।

उनमाथि गएको डिसेम्बरमा बालयौन दुराचारको आरोपमा ६० वर्ष तथा अमेरिकी जिमनास्टिक टिमका खेलाडी तथा मिसिगन स्टेट युनिभर्सिटीका छात्रामाथि गरेको यौन दुराचारका लागि १७५ वर्ष जेल सजाय सुनाई सकिएको थियो ।

सुनुवाईको क्रममा नासरबाट यौन हिंसा पर्ने महिलाको संख्या २६५ मा हुन आएको छ । उनीमाथि लागेका आरोपको अन्तिम सुनुवाईको फैसला गर्दै न्यायाधीश जेनिस कनिङ्घमले सुनुवाईको अन्त्य भए पनि नासरले दिएको भावनात्मक तथा शारीरिक पीडाको घाउको अन्त्य नरहेको बताइन् ।

सोमबार सुनाइएको थप ४० देखि १२५ वर्षसम्मको जेल सजायपछि नासरले अब समग्रमा कम्तिमा ३०० सय वर्ष जेल सजाय भोग्नु पर्छ ।

यसक्रममा दुई सय भन्दा बढी महिलाले अदालतमा बयान दिएका छन् । सोमबार सुनवाईको क्रममा माफी माग्दै नासरले भनेका थिए ‘म कति लज्जित र पछुतोमा छु त्यो बताउन सक्दिन । यो पीडा सदैब मेरो मनमा रहनेछ ।’

यौन दुर्व्यवहार स्क्याण्डल : अमेरिकी जिमनास्टिक्स बोर्डका सबै सदस्यले दिए राजीनामा

तर न्यायाधीश कनिङ्घमले नासरको माफी अस्वीकार गरिन् । उनले भनिन्, ‘तपाईले जे गर्नुभयो त्यो गलत थियो भन्ने कुरो राम्रोसँग बुझेजस्तो मलाई लाग्दैन । तपाईंको कारणले पीडित, उनका परिवार र साथीमा कस्तो प्रभाव पर्‍यो त्यसको अन्दाज पनि छ जस्तो मलाई लागेन ।’

न्यायाधीशले भनिन्–मैले तपाईंको मृत्यु वारेन्टमा हस्ताक्षर गरेँ

यसअघि १७५ वर्षको जेल सजाय सुनाउने बेलामा पनि नासरले माफी माग्ने प्रयास गरेका थिए । जनवरीमा भएको सुनवाईमा नासरले न्यायाधीश समक्ष माफी माग्ने प्रयास गरेका थिए, तर न्यायाधीशले ल्यारीले बाँकी जिन्दगी अँध्यारोमै कटाउनु पर्ने भन्दै उनको माफी प्रयास खारेज गरे ।

ल्यारी नासर काण्ड : २६५ महिलामाथि यौन हिंसा

५४ वर्षका ल्यारीलाई त्यसअघि नै बालबालिकोको अश्लित सामग्री बनाएको आरोपमा ६० वर्षको जेल सजाय सुनाइएको थियो ।

नासरको यौन उत्पीडनमा परेका मध्ये एकजना १३ वर्ष भन्दा कम उमेरको रहेको र अरु दुई किशोरी १५ वा १६ वर्षका रहेको पनि खुलेको छ ।

माघ २३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्