धनगढी – प्रदेश नम्बर ७ को मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय मंगलबार स्थापना हुँदैछ । यातायात व्यवस्था कार्यालयको नवनिर्मित भवनमा मुख्यमन्त्रीको कार्यालय रहने निर्णय भएबमोजिम कार्यालय स्थापना हुनेछ ।

नयाँ भवन निमार्णको काम नसकिँदै त्यहाँ मख्यमन्त्रीको कार्यालयको बोर्ड र नेपालको राष्ट्रिय झण्डा फहराएर कार्यालय स्थापना गरिनेछ ।

‘भवन निमार्णको काम हुदै गर्छ, हामी राष्ट्रिय झण्डा सहित मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय लेखिएको बोर्ड टाँगेर कार्यालय स्थापना गर्दैछौँ । तत्कालका लागि मुख्यमन्त्रीको कार्यकक्ष र मुख्यमन्त्री कार्यालयका सचिवको कक्ष तयार पारेका छौँ ।’

प्रदेश कार्यालय व्यवस्थापन समितिका सदस्य सचिव तथा शहरी विकास तथा भवन निमार्ण डिभिजन कार्यालय धनगढीका प्रमुख रवीन्द्र बोहराले जानकारी दिए । तर सोमबारसम्म मुख्यमन्त्री तथा सचिवको कार्यकक्ष पनि तयार पारेको देखिएको थिएन ।

मुख्यमन्त्रीको कार्यालय रहने भवनमा रंगरोगन, फर्निचर व्यवस्थापन लगायतका काम हुन बाँकी छ । तर मुख्यमन्त्रीले पदभार ग्रहण गर्ने दिनसम्म मन्त्रीपरिषदको कार्यालय निमार्णको काम पुर्ण रुपमा सक्ने गरी काम भईरहेको बोहराले दाबी गरे ।

क्षेत्रीय प्रशासकको आवासगृहमा मन्त्रीपरिषदका कर्मचारी

प्रदेश मन्त्रीपरिषदको कार्यालय संचालनका लागि सचिव लगायतका केही कर्मचारी धनगढी आईसकेका छन् । उनीहरु हाललाई जिल्ला प्रशासन कार्यालयमा रहेको क्षेत्रीय प्रशासकको आवासगृहमा बसेर काम गरिरहेका छन् ।

मंगलवार कार्यालय स्थापना भएपछि विधिवत रुपमा कार्य संचालन हुने मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव प्रदिपराज कँडेलले जानकारी दिए ।

सम्बन्धित समाचार 

मन्त्रालय व्यवस्थापन गर्न दौडधुप

 

माघ २३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्