प्रहरी निरिक्षकको लिखित परिक्षाको नतिजा प्रकाशित

काठमाडौं– नेपाल प्रहरीको जनपदतर्फ केही महिनाअघि प्रहरी निरिक्षक पदका लागि लिईएको लिखित परिक्षाको परिक्षाफल प्रकाशित भएको छ।

शारिरिक तन्दुरुस्ती परिक्षा र लिखित परिक्षाका आधारमा एक सय दुई जना परिक्षार्थी अघिल्लो चरणका लागि छनोट भएका छन्।

९१ प्रहरी निरिक्षक पदका लागि आवेदन माग भएको थियो। अब विषेश स्वास्थ परिक्षण परिक्षा र अन्तवार्ताका आधारमा अन्तिम नामावालीको टुंगो लाग्ने छ।

माघ २३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्