महिनावारीमा गडबडी किन हुन्छ र समस्या कम गर्न के गर्ने ?

काठमाडौं – महिनाको एकपटक (२८/३० दिनको समय अवधिमा) बच्चा जन्माउने क्षमता भएकी महिलाको पाठेघरबाट योनीमार्ग भई बाहिर निस्कने रगत म्युकस र अन्य तरल पदार्थलाई महिनावारी या नछुने भएको वा पर सरेको भन्ने गरिन्छ ।

सामान्य अवस्थामा किशोरीमा महिनावारी कहिले हुन्छ भन्ने कुरा उनीहरुको खानपान, रहनसहन, व्यक्तिगत स्वास्थ्य, वातावरण, हावापानी, वशंणुगत गुण जस्ता कुराले निर्धारण गर्छ ।

र पनि महिनावारी सुरु हुने सामान्य अवस्था भनेको ११ देखि १४ वर्षको उमेरलाई मान्ने गरिन्छ । यस्तै महिनावारी रोकिने अवस्था चाहिँ ४४ देखि ५० वर्ष मान्निछ । यो समयमा स्त्री र पुरुषको संयोजन भएमा गर्भ रहन सक्छ ।

महिनावारी भएको बेलामा प्रायः महिलामा समस्यामा देखिन्छन् । यस अवस्थालाई महिनावारी गडबडी भनिन्छ ।

यूनिभरसिर्टि अफ म्यारिल्यान्डका अनुसार शारीरिक परिवर्तनले ल्याएको असन्तुुलनका कारण मानसिक बाधाबेबधान हुनुका साथै विभिन्न किसिमको जटिलता हरु व्वेहोनु पर्ने देखिन्छ ।

जसमध्ये

१) रक्तअल्पता

प्रत्यक महिनावारी चक्रमा ८० मिलिग्राम भन्दा बढी रगत बगेमा रक्तअल्पता हुन सक्ने खतरा बढी हुन्छ ।

२) बाँझोपन

केही अवस्थामा उच्च रक्तस्राव भई अण्डा उत्पादन क्षमतमा ह्रास आउनाले बाँझोपनको सम्भावना बढेर जान्छ ।

३) जीवनको गुणस्तरमा प्रभाव

उच्च रक्तस्रावकै कारण घर तथा कार्यस्थलमा प्रत्येक्ष रुपमा सक्रियतामा प्रतिकुल असर पर्न जान्छ ।

कसरी कम गर्न सकिन्छ यि जटिलतालाई ?

हट वाटर ब्यागले दुखेको भागमा, कम्मर पेटमा राखेर सेक्ने

रगतको कमीलाई पूर्ति गर्न तरल पदार्थको बढी सेवन गर्ने

नियमित रुपमा शारीरिक ब्याम गर्ने

धेरै रक्तस्राव भएमा बरफको पट्टीले तल्लोपेटमा १० देखि १५ मिनेटसम्म लगाउने

सफा पानीले दैनिक रुपमा योनांग सफा राख्ने

मह कागतीपानी १ वा २ घण्टा फरकमा खाने

रक्तस्राव भएको बेला सक्रमण हुने सम्भावना भएको कारण नीम, असुरो पानी पकाएर सेलाएको झोलले योनांग भाग सफा गर्ने

पेट दुखेर गाह्रो भएमा औषाधि लिनु परेमा चिकित्सकको सल्लाह बमोजिम औषधि खाने

माघ २३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्