बिरालोलाई धेरै खान नदिनुस्, मुसा बढे !

बेलायतको विदेश मन्त्रालय र त्यस मातहतका कर्मचारीलाई कार्यालयमा रहेका बिरालोलाई खानेकुरा नदिन निर्देशन दिइएको छ ।

कार्यालयमा रहेका बिरालोलाई त्यहाँका कर्मचारीले खानेकुरा दिनेगरेकाले उनीहरुको मुसा मार्ने कलामा कमी आएको भन्दै मन्त्रालयले अबदेखि खानेकुरा नदिन आग्रह गरेको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै समाचार संस्था सिनह्वाले जनाएको छ ।

गएको हप्ता पठाइएको निर्देशनमा बेलायतको विदेश तथा कमनवेल्थ कार्यालयका कर्मचारीलाई बिरालोलाई खानेकुरा नदिन भनिएको छ ।

कार्यालय रहेको भवनमा मुसा नियन्त्रणका लागि भनेर पालिएका बिरालोलाई त्यहाँ कार्यरत कर्मचारीले बचेखुचेका खानेकुरा दिने गरेकाले उनीहरुल अल्छी बनेको र मुसा बढेको बताइएको छ ।

माघ २३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्