प्रदेश नं ५ को निर्वाचन तयारी पूरा

तुलसीपुर-राष्ट्रियसभा सदस्यका लागि ५ नं प्रदेशबाट भोलि दाङमा हुने निर्वाचनको तयारी पूरा भएको छ ।

मुख्य निर्वाचन अधिकृत हेमन्त रावलका अनुसार घोराहीमा रहेको कर्मचारी मिलन केन्द्रलाई मतदानस्थल तोकिएको छ । त्यहाँ दुई वटा मतदान केन्द राखिएका छन् ।

एउटा मतदान केन्द्रमा प्रदेशसभा सांसदले मतदान गर्ने र अर्को मतदान केन्द्रमा स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने व्यवस्था मिलाइएको छ।

जिल्लामा आवश्यक मतपत्र पनि आइसकेको र सुरक्षा व्यवस्थालगायत सबै तयारी पूरा भइसकेको मुख्य निर्वाचन अधिकृत रावलले जानकारी दिए।

प्रदेश नं ५मा ३०५ मतदाता छन्। यस प्रदेशबाट आठ सदस्य निर्वाचित हुने र यसअघि तीनजना महिला निर्विरोध निर्वाचित भइसकेका कारण अब पाँचजना निर्वाचित हुन बाँकी छ। पाँचजनाका लागि अहिले आठजना चुनावी प्रतिस्पर्धामा छन्। रासस

 

सम्बन्धित समाचार 

प्रदेश १ सभामुखको निर्वाचन माघ २९ मा

 

माघ २३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्