दुईवटा गाडीमा पुगेका आक्रमणकारीले गरे चूडामणि शर्माकाे घरमा ताेडफाेड

काठमाडौँ-  आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक चूडामणि शर्माकाे घरमा केही समयअघि ताेडफाेड भएकाे छ।

अाफूलाई विप्लव नेतृत्वकाे नेकपा माअाेवादीका कार्यकर्ता बताउने समूहले बुढानिलकन्ठस्थित शर्माकाे घरमा ताेडफाेड गरेका थिए।

ताेडफाेडबाट शर्माकाे घरकाे झ्यालका सिसा फुटेकाे प्रहरीले जनाएकाे छ। अाक्रमणकारी दुईवटा गाडी लिएर त्यहाँ पुगेका थिए।

शर्माकाे घर भएकाे अाश‌ंकामा उनीहरुले सुरुमा चन्द्रसिंह तुलाधरकाे घरमा ताेडफाेड गरेकाे र त्याे घर शर्माकाे नभएकाे बुझेपछि उनीहरु शर्माकाे घरतिर लागेका थिए। प्रहरीले ताेडफाेडमा संलग्न केहीलाई नियन्त्रणमा लिएकाे छ।

माघ २३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्