चुडामणि शर्माकाे घर ताेडफाेड गर्ने ४२ जना नियन्त्रणमा

काठमाडौँ- आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक चूडामणि शर्माकाे घरमा ताेडफाेड गर्ने ४२ जनालाइ प्रहरीले नियन्त्रणमा लिएकाे छ। पक्राउ पर्नेमा २८ पुरुष र १४ महिला रहेकाे प्रहरीले जनाएकाे छ। उनीहरु विप्लव नेतृत्वकाे नेकपा माअाेवादीका कार्यकर्ता रहेकाे जनाइएकाे छ।

ताेडफाेडबाट शर्माकाे घरकाे झ्यालका सिसा फुटेकाे प्रहरीले जनाएकाे छ। अाक्रमणकारी दुईवटा गाडी लिएर त्यहाँ पुगेका थिए।

शर्माकाे घर भएकाे अाश‌ंकामा उनीहरुले सुरुमा चन्द्रसिंह तुलाधरकाे घरमा ताेडफाेड गरेकाे र त्याे घर शर्माकाे नभएकाे बुझेपछि उनीहरु शर्माकाे घरतिर लागेका थिए।

माघ २३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्