काठमाडौं-कैलालीको बर्दगौरिया गाउँपालिका-१ बौनियामा मगलबार ट्याक्टरको ठक्करबाट एक पैदलयात्रुकाे मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानिय ५५ वर्षीय करे सार्की रहेका छन्।
जोशीपुरबाट बौनियातर्फ जाँदै गरेको से १ त ४४०९ नम्बरको ट्याक्टरले पैदल हिडिरहेका उनलाई ठक्कर दिएकाे थियाे। ट्याक्टरको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा संलग्न ट्याक्टर सहित चालकलाई ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाले नियन्त्रणमा लिएको छ।