सी-आस्वा लागु भएपनि अनलाइन र फारामबाट आवेदन दिन सकिने: धितोपत्र बोर्ड

काठमाडौं- नेपाल धितोपत्र बोर्डले सी–आस्वा प्रणाली लागु भए पनि लगानीकर्ताले अनलाईन र आस्वा फाराम भरेर  सेयर आवेदन दिन सक्ने जनाएको छ।

सामाजिक सञ्जालमा सी–आस्वा प्रणाली लागु भए अनलाइनबाट मात्रै सेयर आवेदन दिन सकिने खबर फैलिएपछि लगानीकर्तामा अन्यौल सिर्जना भएको थियो।

बोर्डले बिज्ञप्तिमा भनेको छ, लगानीकर्ताले सी–आस्वा रजिस्ट्रेसन नम्बर लिई अनलाइन वा फारमबाट सेयर आबेदन दिन सक्नेछन् ।

अनलाइनमार्फत आफैं सेयर आवेदन दिन नसक्ने लगानीकर्ताले बैंकमा गई सी–आस्वा फारम भरेर पनि सेयरमा आवेदन दिन सक्ने धितोपत्र बोर्डले प्रस्ट पारेको हो।

माघ २३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्