नेइमारको मासिक पारिश्रमिक काभानीको भन्दा दोब्बर

विश्व कीर्तिमानी मूल्यमा यहि सिजन बार्सिलोनाबाट पेरिस सेन्ट–जर्मेन (पिएसजी) गएका नेइमारको पारिश्रमिक क्लबका स्टार खेलाडी एडिसन काभानी र केलियन एमबाप्पेको भन्दा दोब्बर रहेको खुलेको छ ।

फ्रेन्च लिग वानमा पारिश्रमिकका आधारमा बढी आम्दानी गर्ने ३० खेलाडीको सूचि सार्वजनिक भएकोमा शीर्ष १३ मा पर्ने मध्ये १२ खेलाडी पिएसजीका छन् ।

त्यसमध्ये नेइमारको आय सबैभन्दा धेरै छ । उनले कर नकटाइ महिनाको २७ लाख पाउण्ड पारिश्रमिक लिन्छन् । पिएसजीकै काभानी र एमबाप्पेले महिनाको १३ लाख पाउण्ड पारिश्रमिक लिने गरेका छन् ।

फ्रान्सेली पत्रिका एल’इक्युपेले फ्रान्सको शीर्ष लिगमा बढी पारिश्रमिक लिने ३० खेलाडीको सूचि सार्वजनिक गरेको हो । बढी पारिश्रमिक लिने खेलाडीको सूचिमा १३ जना पिएसजीका छन्, र त्यसमध्ये १२ जना शीर्ष १३ मा परेका छन् ।

मोनाकोका साडामेल फाल्काओ नवौँ स्थानमा छन् । नेइमारले हप्ताको झण्डै ६ लाख पाउण्डको हिसाबले महिनाको २७ लाख पाउण्ड पाउनले गरेको पत्रिकाले जनाएको छ ।

यो सूचिमा रहेका बढी पारिश्रमिक लिने अरु खेलाडी भन्दा दोब्बर भन्दा बढी हो । पिएसजीका कतारी लगानिकर्ताले खेलाडीलाई राम्रो रकम दिएको देखिएको छ ।

माघ २४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्