असुरक्षित गर्भपतनबाट हुने जोखिम र जोगिने उपाय

काठमाडौं – गर्भमा रहेको भ्रुण (बच्चा) छोरी हो भन्ने जानकारी पाएमा गर्भपतन गराउने तीन प्रतिशत नेपाली महिलाले बताएका छन् । तर भ्रुणको लिंग पहिचान गरी गरिने गर्भपतन गैरकानुनी हो, गर्भपतनले कानूनी मान्यता पाए पनि ।

नेपालमा गर्भपतनले कानूनी मान्यता दिएको छ भन्ने १० मा ४ महिलाहरुलाई मात्रै थाहा छ । नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार गर्भपतन गराउनेमा ३५ देखि ४९ उमेर समूहका महिला धेरै छन् ।

यो उमेर समूहका महिलाले गर्ने गर्भपतन कुल गर्भपतनको २७ प्रतिशत हुन आउँछ । आर्थिक अवस्था राम्रो भएको परिवारका महिला बढी रहेको पनि पाइएको छ ।

गर्भवस्थाको २८ हप्ता या ६ महिना पूरा नहुँदै बच्चाको शारीरिक विकास हुन नपाउँदै गर्भाशयबाट बाहिर निस्कनुलाई गर्भपतन भन्ने गरिन्छ । यो अवस्थामा बच्चा बाहिरी वातावरणमा जीवित रहन सक्दैन ।

गर्भपतनका कारण

गर्भको बच्चाको विकास राम्रोसँग नहुनु

पाठेघरमा खराबी हुनाले

ओभरी कर्पस लुरियम कमी भएमा

धेरै ज्वरो आउने, मानसिक आघात भएमा

उच्च रक्तचाप भएमा

भिटामिन र पोषण फोलिक एसिड र आईरनको कमी भएमा

इण्डोक्राइन ग्रन्थीको श्रावमा गडबडी भएमा

मलेरिया वा दादुरा आएमा

पुरानो पिसाब सम्बन्धी रोग भएमा

मधुमेह भएमा कमलपित्त भएमा

नचाहेको गर्भ वा विवाह पहिले नै गर्भ रहेमा

असुुरक्षित गर्भपतनका कारण आउने समस्या

असामान्य तरिकाले पिसाबमा रगत देखिने

पेट दुखिरहने

विभिन्न किसिमको संक्रमण हुने

मानसिक तनाव

गर्भपतनलाई कम कसरी गर्ने ?

समुदायमा यौन शिक्षा सम्बन्धी एकीकृत जनचेतना फैलाउने

प्रभावकारी गर्भनिरोधक साधनको प्रयोग गर्ने

गर्भपतन गराउनु परेको खण्डमा कानूनी रुपमा वैधानिकता पाएका र गुणस्तरीय सेवा प्रदान गर्न अस्पताल स्वास्थ्य संस्थामा गराउने

माघ २४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्