प्रदेश चारको क्षेत्रीय निर्वाचन कार्यालय परिसरमा मतगणनाका लागि मतपेटिका खोल्‍दै कर्मचारीहरु। तस्बिर-जमुनाबर्षा शर्मा/देश सञ्‍चार

प्रदेश नम्बर चारमा भएको राष्ट्रिय सभा निर्वाचनको मतगणना सुरु भएको छ। पोखरास्थित क्षेत्रीय निर्वाचन कार्यालय परिसरमा मतगणना सुरु भएको क्षेत्रीय निर्वाचन कार्यालका प्रमुख गंगालाल सुवेदीले जानकारी दिए।

उनका अुसार ७ जना निर्वाचित हुँदैछन्। कार्यालय परिसरमा निर्वाचनका कर्मचारी मतगणना गरिरहेका छन्।

यसअघि प्रदेश ४ मा ८५ स्थानिय तहका १ सय ७० जना प्रमुख उपप्रमुख र ६० जना प्रदेश सभा सदस्य गरी २३० जना मतदाता मध्ये प्रदेशसभा सदस्य भनिने राजिव गुरुङ बाहेक अरु सबैले मतदान गरेका थिए।

माघ २४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्