प्रदेश चारमा निर्वाचित सदस्यहरुलाई प्रमाणपत्र वितरण

प्रदेश नं ४ बाट राष्ट्रियसभामा निर्वाचित भएपछि बुधबार प्रमाणपत्र लिएपछि सामूहिक तस्बिर खिचाउँदै विजयी सदस्‍यहरु। तस्बिर-जमुना वर्षा शर्मा/देश सञ्‍चार

कास्की-प्रदेश नं ४ बाट राष्ट्रियसभामा निर्वाचित भएका सदस्यहरुलाई बुधबार प्रमाणपत्र वितरण गरिएको छ।

पोखरास्थित क्षेत्रीय निर्वाचन कार्यालय परिसरमा मतगणनापश्चात निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले निर्वाचित सदस्‍यहरुलाई कार्यक्रमको आयोजना गरि प्रमाणपत्र वितरण गरेका हुन्।

प्रदेश ४ बाट दलिततर्फबाट खिम कुमार बिकले ३ हजार ३ सय ९६ मत ल्‍याएर निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी जित बहादुर नेपालीले २ हजार २ सय ९८ मत ल्‍याएका थिए।

यस्तै महिलातर्फ कांग्रेसकी वृन्दादेवी आले २ हजार २ सय ७४ मत ल्‍याइन् भने एमालेकी शान्ति कुमारी अधिकारीले १ हजार ५ सय १२ मत ल्‍याइन्।

यस्तै एमालेकी दीपा गुरुङले १ हजार ७ सय १६ मत ल्‍याइन् भने राष्ट्रिय जनमोर्चाकी मीना पुनले २ सय ३४ मत ल्‍याइन्।

यस्तै खुल्लातर्फ नेपाली कांग्रेसका सुरेन्द्र पाण्डेले २ हजार २ सय ६२ मत, दिनानाथ शर्माले १ हजार ५ सय ३० मत र गणेश तिमिल्सिनाले १ हजार ७ सय ८२ मत ल्‍याएर विजयी भए।

 

सम्बन्धित समाचार 

प्रदेश २ का विजयी सांसदलाई प्रमाणपत्र वितरण

पाँच नम्बर प्रदेशबाट निर्वाचित राष्ट्रियसभा सदस्यलाई प्रमाण पत्र प्रदान

 

माघ २४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्