टोटनह्यामलाई पहिले उपहार गोल, त्यसपछि गोल

प्रिमियर लिग क्लब टोटनह्याम एफए कप फुटबलको पाँचौँ चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको चौथो चरणको रिप्ले खेलमा न्युपोर्ट काउन्टीलाई २–० ले हराउँदै टोटनह्यामले पाँचौँ चरणमा स्थान पक्का गरेको हो ।

टोटनह्यामको जितमा एरिक लामेलाले गोल गरे । यस्तै न्युपोर्टका डन बट्लरले आत्मघाती गोल गरे । दुवै गोल पहिलो हाफमा नै भएको हो । घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले सुरुवाति अग्रता उपहार गोलबाट लिएको हो ।

२६ औँ मिनेटमा न्युपोर्टका बट्लरले आत्मघाती गोल गरे । त्यसको ८ मिनेटपछि लामेलाले गोल गर्दै अग्रता दोब्बर पारे । दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन सकेन र माउरिसिओ पोकेटिनोको टिम २–० ले विजयी हुँदै अघिल्लो चरण पुग्न सफल भयो ।

माघ २५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्