आजको मौसम : पूर्वमा आंशिक बदली, अरु ठाउँको मौसम सफा

काठमाडौं – पूर्वी क्षेत्र बाहेक देशभरको मौसम बिहीबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वमा भने बिहीबार आंशिक बदली हुने सम्भावना रहेको मौसम विदेशले बताएका छन् ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव पूर्वमा कायम रहेकाले त्यस क्षेत्रमा आंशिक बदली हुनेछ । तर बेलुका तिर पूर्वको मौसम पनि सफा हुने मौसमविदले बताएका छन् ।

काठमाडौं उपत्यकामा बिहानैदेखि घाम लागेको छ र दिनभर पनि मौसम सफा रहने छ । न्युनतम तापक्रम पनि बढ्न थालेकाले जाडो कम हुँदै गएको र अब बिस्तारै गर्मी सुरु हुने मौसमविदको भनाई छ ।

बिहीबार बिहान काठमाडौंको न्युनतम तापक्रम ५.२ डिग्री सेल्सियस थियो ।

माघ २५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्