पाँच नम्बर प्रदेशबाट निर्वाचित राष्ट्रियसभा सदस्यलाई प्रमाण पत्र प्रदान

राष्ट्रियसभा सदस्य पदमा पाँच नम्बर प्रदेशबाट निर्विरोध निर्वाचित कोमल वली निर्वाचन अधिकृत हेमन्त रावलबाट प्रमाणपत्र लिँदै । तस्बिरः दशरथ घिमिरे/देश सञ्चार

दाङ – पाँच नम्बर प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित ८ जनालाई प्रमाणपत्र वितरण गरिएको छ । निर्वाचन अधिकृत हमेन्त रावलले विजयी भएका राष्ट्रियसभा सदस्यलाई प्रमाणपत्र प्रदान गरेका हुन् ।

बुधबार सम्पन्न निर्वाचनबाट पाँचजना र यस अघि निर्विरोध निर्वाचित भएका तीनजना गरी ८ जनालाई प्रमाणपत्र प्रदान गरिएको हो । राष्ट्रियसभा सदस्यमा एमालेका चार, माओवादी केन्द्रका दुइ र कांग्रेसका दुई जना विजयी भएका हुन् ।

दलित तर्फ नेकपा एमालेका उम्मेदवार रामलखन चमार, अपांग तथा अल्पसंख्यक तर्फ नेकपा माओवादी केन्द्रका राजकुमार कुँवर विजयी भए । अन्यमा एमालेबाट खिमलाल भट्टराई, माओवादी केन्द्रका चन्द्र बहादुर खड्का, कांग्रेसबाट दुर्गाप्रसाद उपाध्याय विजयी भएका थिए ।

यस्तै महिला तर्फ एमालेबाट कोमल वली, एमालेबाटै बिना वुढा र नेपाली काङ्ग्रेसबाट अनिता देवकोटा निर्विरोध निर्वाचित भएका हुन् ।

माघ २५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू