भेनेजुयली आप्रवासीलाई ब्राजिलले जागिर दिने

रियो दी जेनेरियो- ब्राजिलका न्याय मन्त्री टोरक्वाटो जार्डीमले भेनेजुयलाबाट ब्राजिलमा आएकाहरुलाई रोजगारी दिने घोषणा बिहीबार गरेका छन्।

उनले ब्राजिलको उत्तरी क्षेत्रबाट सिमा पार गरेर आउनेहरूलाई लक्षित गरेर रोजगारीको घोषणा गरिएको बताएका हुन्।

भेनेजुयलासँगको सिमानामा पर्ने रोराइमा राज्यको राजधानी बोआको भ्रमणका क्रममा मन्त्री जार्डीमले यस्तो घोषणा गरेका विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

गत केही महिना अगाडी प्राप्त तथ्यांक अनुसार आफ्नो देश भेनेजुयलामा रोजगारी नपाएको र गरिबी भएकाले ब्राजिलमा आएका आप्रवासीहरु धेरै रहेका छन्।

भेनेजुयलाका झण्डै ४० हजार नागरिक ब्राजिलको विभिन्न सहरमा बस्ने गरेका विश्वास गरिएको छ।

माघ २६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्