सुनका गहनामा मिसावट गर्ने पोखराका पाँच सुन व्यापारी पक्राउ

पोखरा – सुनका गहनामा मिसावट गरी बिक्री गरेको आरोपमा पोखराका पाँचजना व्यापारीलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता संरक्षण विभाग काठमाडौंले गरेको अनुगमनबाट पोखराका पाँच सुन पसलमा मिसावट भेटिएपछि त्यसका सञ्चालकलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा महेन्द्रमान गुभाजू, हरिकुमार धमला, अर्जुनबहादुर बिक, सन्तोष बिक र महेश सुनार रहेका छन् ।

उनीहरुलाई कालो बजारी तथा केही सार्वजनिक अपराध सजाय ऐन २०३२ बमोजिम कारवाहीका लागि म्याद थप गरी अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए ।

माघ २७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्