महिला सौन्दर्य प्रतियोगिताको विजेता हुन् एक पुरुष

२२ वर्षका एक फेसन मोडल ‘मिस भर्चुअल काजखस्तान’ को फाइनल राउण्डमा पुगिन्, तर उनी एक महिला नभएर पुरुष हुन् ।

अरिना अलियेवा (वास्तविक नाम, ईले डियागिलेव) ‘मिस भर्चुअल काजखस्तान’ का लागि भइरहेको अनलाइन प्रतियोगिताको फाइनलमा पुगे । उनको तस्बिरलाई दुई हजार भन्दा धेरै भोट मिल्यो ।

यसरी फाइनल राउण्डमा पुगेपछि अलियेवालाई ‘मिस भर्चुअल शमकन्द’ घोषणा गरियो । शमकन्द काजखस्तानको दक्षिणी क्षेत्रमा रहेको प्रान्तको राजधानी हो ।

तर अलियेवाको खुशी केही समयका लागि मात्रै रह्यो । आयोजकले गलत जानकारी दिएको भन्दै उनलाई अयोग्य घोषित गरे ।

क्षेत्रीय उपाधि तथा राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिनका लागि अब आयोजकले ईकेरिम तमिरखानोवालाई चयन गरेका छन् । उनलाई १९ सय ७५ भोट मिलेको थियो ।

फाइनलमा पुगेको दुई दिनपछि ईले डियागिलेवले स्वीकार गरेका थिए कि उनी महिला नभएर पुरुष हुन् । अरिना अलियेवा आफ्नो टिम प्रोजेक्ट रहेको उनले बताएका छन् ।

उनले भने ‘धेरै महिलाले सोच्छन् कि राम्रो देखिनु नै महत्वपूर्ण कुरा हो र राम्रो देखिन मुश्किल पनि छ । तर मैले साथीहरुसँग पुरुष पनि महिला भन्दा राम्रो देखिन सक्छन् भनेको थिएँ ।’

उनले भने ‘म १७ वर्षको हुँदादेखि फेसन जगतमा छ । मोडलको रुपमा काम गर्छु । मेकअपको माध्यमले आफूलाई सजिलै बदल्न सक्छु । मैले एक फोटोग्राफर, हेयरस्टाइलिस्छ र मेकअप आर्टिस्टलाई बोलाएँ अनि आफूलाई अरिनाको रुपमा तयार गरेँ ।’

आफू फाइनलमा पुग्दा अचम्मित भएको उनको भनाई छ । इन्स्टाग्राममा आयोजना गरिएको यो प्रतियोगितालाई धेरैले रुचाएका छन् ।

धेरैले डियागिलेवलाई अपवादको रुपमा चित्रित गरेको छन् र उनी धेरै महिला भन्दा सुन्दर रहेको बताएका छन् । तर केहीले भने उनको आलोचना पनि गरेका छन् ।

माघ २७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्