कोही ऐना हेर्दै, कोही डमरु बजाउँदै (फोटो फिचर)

काठमाडौं – शिवरात्री आउन लाग्यो । भक्तहरुको उत्सव । शिवजीको पूजा । त्यो भन्दा बढी बाबाहरुको चलहपहलले फेरिने पशुपति परिसरको रौनक ।

आउँदो मंगलबार परेको छ यो वर्षको महाशिव रात्री । तर अहिलेदेखि नै महादेवको सबैभन्दा ठूलो तिर्थ, काठमाडौंको पशुपति परिसरमा बाबाहरुको मेला सुरु भएको छ ।

कोही आइसकेका छन् भने कोही आउँदै छन् । पशुपतिमा भारतका विभिन्न ठाउँबाट र नेपालकै विभिन्न क्षेत्रबाट बाबाहरु आउने गर्छन् । पशुपतिमा बाबालाई पनि गाँजा निषेध गरे पनि बाबाहरु भने गाँजाले लठ्ठ छन् ।

उनीहरुले गाँजा खाने मात्रै होइन बेच्छन् पनि । उनीहरुले त्यहाँ आएका पर्यटक तथा अन्य मानिससँग पैसा माग्ने गर्छन् । उनीहरुले फोटो खिचे बापत पनि पैसा लिन्छन् ।

माघ २७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्