दुई कोरियाका उच्च नेताबिच ऐतिहासिक भेट, दक्षिणका राष्ट्रपतिलाई उत्तरको निम्तो

राष्ट्रपति मुन (बिचमा) किम यो–जोङ (बायाँतर्फ) सँग हात मिलाउँदै, साथमा किम योङ–नाम । तस्बिर : योनहाप

दुई कोरियाका उच्च नेताबिच महत्वपूर्ण वार्ता भएको छ । दक्षिण कोरियाका राष्ट्रपति मुन जाइ–इन र उत्तर कोरियाका नेता किम जोङ–उनकी बहिनी किम यो–जोङबिच सिओलमा भेटवार्ता भएको हो ।

उत्तर कोरियाका नेता किमलाई सत्ता सञ्चालनमा सहयोग गर्दै आएकी किम यो–जोङ विन्टर ओलम्पिक (शीतकालीन) ओलम्पिकका लागि दक्षिण कोरिया गएकी थिइन् ।

त्यहि क्रममा उनले दक्षिण कोरियाका राष्ट्रपति मुनसँग सिओलमा रहेको राष्ट्रपति भवनमा भेट गरेकी हुन् । भेटमा उत्तर कोरियाका संवैधानिक प्रमुख किम योङ–नाम पनि सहभागी थिए ।

सन् १९५० को दशकमा भएको कोरिया युद्धपछि दुई कोरियाबिच भएको यो अहिलेसम्मकै उच्चस्तरीय वार्ता हो । भेटको क्रममा किमकी बहिनीले दक्षिण कोरियाका राष्ट्रपति मुनलाई उत्तर कोरिया भ्रमणको निम्तो दिएकी छन् ।

माघ २७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्