भारत प्रशासित जम्मूको आर्मी क्याम्पमा आक्रमण : मृत्यु हुनेको संख्या ६ पुग्यो

भारत प्रशासित जम्मूको सुंजवान आर्मी क्याम्पमा शनिबार भएको चरमपन्थी आक्रमणमा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । जम्मु बाइपास रोड नजिकै रहेको आर्मी क्याम्पमा शनिबार बिहानै आक्रमण भएको हो ।

आक्रमणमा कम्तिमा पाँच सैनिक र एकजना सर्वसाधारण नागरिकको ज्यान गएको जम्मू–कश्मीर प्रहरीले जनाएको छ । घटनामा ११ जना घाइते भएका छन् ।

घाइते हुनेमा दुई उच्च अधिकारी र पाँचजना महिला पनि रहेका छन् । विद्यालय र क्वाटर रहेको क्षेत्रमा आक्रमण भएको हो ।

जेश–ए–मोहम्मदका आक्रमणकारीले आर्मी क्याम्पमा आक्रमण गरेका हुन् । सेनाले जेश–ए–मोहम्मदको झण्डासहित हतियार र केही गोला बारुद पनि बरामद गरेको छ ।

अहिले पनि त्यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा रहेको चरमपन्थी विरुद्ध खोजी अभियान भइरहेको भारतीय सेनाले जनाएको छ ।

माघ २८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्