छोराछोरीले स्कुलमा के गर्दै छन् ? थाहा दिने एप्लिकेशन

काठमाडौं – अभिभावकले मोबाईलबाटै विद्यार्थीले स्कुलमा गरिरहेका गतिविधि जानकारी लिन सकिने एप्लिकेशन धेरै स्कुलको रोजाईमा पर्न थालेको छ।

म्याक्स कनेक्टले २ वर्षअघि बजारमा ल्याएको ‘म्याक्स कनेक्ट’  एप्लिकेशन विद्यार्थी, अभिभावक र शिक्षकलाई जोड्ने राम्रो सेतु बन्दै गईरहेको छ।

‘म्याक्स कनेक्ट’ सेवा लिएका विद्यालयमा अभिभावकले मोबाईलबाटै आफ्नो बच्चाले स्कुलमा हरेको व्यवहार, विद्यालयले गराउने क्रियाकलाप, शिक्षकको प्रस्तुति लगायतका गतिविधिबारे थाहा पाउन सक्छन्।

यस्तै एप्लिकेशनमा भएको जीपीएस सुविधाले स्कुल बस पुगेको स्थान, बस जाममा परे नपरेको अवस्था पनि देखाउँछ।

एप्लिकेशन प्रयोग गर्दै आएको नाईटेङ्गल इन्टरनेशनल स्कुलका सहायक प्रधानाध्यापक जितेन्द्र ठकुरी अभिभावकले मोबाईलबाटै विद्यार्थी स्कुल गए नगएको, विद्यार्थीले स्कुलमा गरेको क्रियाकलापहरुबारे जानकारी लिन सकिने भएकाले एप्लिकेशनबाट आफूहरुलाई अभिभावकसँग समन्वय गर्न सहज भएको बताउँछन्।

हाल म्याक्स कनेक्टको सेवा ३० जिल्लाका २ सय ४८ स्कुलले लिईरहेका छन्।

स्कुल र अभिभावकको सकारात्मक प्रतिक्रियाबाट उत्साहित भएको भन्दै म्याकस कनेक्टका डाइरेक्टर जित राघव देश भित्र र देश बाहिर पनि सेवा बिस्तार गर्ने योजना भएको बताउँछन्।

उनले चालु आर्थिक वर्षमा थप २  देशमा सेवा बिस्तार गर्न लागेको जानकारी दिए।

कम्पनीले दिल्ली, हरियाणा, पंजाव, उडिसा लगायत भारतका विभिन्न राज्यमा सेवा सुरु गरिसकेको जनाएको छ।

कम्पनीले बङ्लादेश र श्रीलंकामा पनि सेवा सुरु गर्ने योजना बनाएको छ।

अभिभावकको व्यस्तता र प्रविधि प्रयोग गर्न खोज्ने मानिसहरुको चाहनाले गर्दा एप्लिकेसनले राम्रो रेसपोन्स पाइरहेको राघवको बुझाई छ।

माघ २८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्