जब पृथ्वी सुब्बा गुरुङ मुख्यमन्त्री बन्ने निश्चित भयो…

एमाले प्रदेश ४ संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएपछि पृथ्वी सुब्बा गुरुङ। तस्बिरहरु: जमुना बर्षा शर्मा
एमाले प्रदेश ४ संसदीय दलको नेतामा पृथ्वी सुब्बा गुरुङ निर्विरोध निर्वाचित भएका छन्।
आइतबारका लागि तय भएको एमाले संसदीय दलको निर्वाचनमा उनको मात्र उम्मदेवारी परेपछि उनी संसदीय दलको नेता चयन भएका हुन्।
उनका प्रतिष्पर्धी भनिएका किरण गुरुङले उम्मेदवारी नै दर्ता नगरेपछि पृथ्वी सुब्बा गुरुङ निर्विरोध बनेका हुन्। उनीमात्र निर्विरोध निर्वाचित भएपछि उनलाई बधाई दिनेहरुको लर्को लागेको थियो। उनी अब प्रदेश ४ को मुख्यमन्त्री बन्ने भएका छन्।

माघ २८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्