आजको मौसम : देशभर बदली, केही ठाउँमा पानी पर्ने

काठमाडौं – देशभरको मौसम सोमबार सामान्यताय बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही क्षेत्रमा पानी पर्ने सम्भावना पनि रहेको मौसमविदले बताएका छन् ।

पश्चिमी न्यून चापिय प्रणालीका कारण देशभरको मौसम बदली भएको हो । आइतबार पश्चिमबाट भित्रिएको पश्चिमी न्यून चापिय प्रणाली आइतबार राति मध्य तथा पूर्वी क्षेत्रमा पनि पुगेको हो ।

अहिले काठडमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा बदली भएको छ । केही ठाउँमा पानी पर्ने तथा उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि रहेको मौसमविद वरुण पौडेलले जानकारी दिए ।

मंगलबार बेलुकादेखि मौसम खुल्न सुरु हुने उनले बताए । बुधबारदेखि भने सामान्यतया देशभरको मौसम सफा रहेने उनले बताए ।

माघ २९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्