दाङ – दाङ सवारी दुर्घटनाको दृष्टिकोणले उच्च जोखीममा पर्छ । चालु आर्थिक वर्षको ६ महिनामा ७४ वटा सवारी दुर्घटना भएको छ । दुर्घटनामा ४२ जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक कार्यलय दाङका प्रहरी प्रमुख ओमप्रकाश वाग्लेले बताए ।

‘बितेको ६ महिनामा ७४ दुर्घटनामा ४२ जनाको मृत्यु भएको छ’ उनले भने ‘सबैभन्दा धेरै मोटरसाइकल ४२, बस १५, जिप कार १३, ट्रक १२, ट्रयाक्टर ६ र ५ वटा ट्याम्पु गरी ९३ वटा सवारीका साधन दुर्घटनामा पेरेका छन् ।’

गत आर्थिक वर्षमा सवारी दुर्घटनामा ज्यान गुमाउनेको सख्या ७१ थियो भने यस आर्थिक वर्षको ६ महिनाको अवधिमा ४२ जनाले ज्यान गुमाएको वाग्ले जानकारी दिए ।

मोटरसाइकल दुर्घटनामा परी घाइते साउन मसान्तबाट पुस मसान्तसम्म ४५ पुरुष, १९ महिला, ९ बालक र ६ बालिका गरी ७९ जना घाइते भएका छन् ।

यस्तै मुत्यु हुनेमा २७ पुरुष, ६ महिला, ६ बालक र ३ बालिका रहेका छन् । अधिकांस दुर्घटना चालकको लापरवाहीको कारणले हुने गरेको अध्ययनले देखाएको छ ।

माघ २९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्