विराटनगर – प्रदेश नम्बर एकको दोश्रो बैठक सोमबार विराटनगरस्थित जिल्ला समन्वय समितिको भवनमा बस्दैछ । दिउ“सो १ बजे बस्ने बैठकले सभामुखको चयन गर्ने संसदीय सचिवालयले जनाएको छ ।

यद्धपी एमाले संसदीय दलको बैठकले आइतबार समाभुखका लागि समानुपातिकका सांसद प्रदीप भण्डरीको नाम प्रस्ताव गरेको थियो । सोही अनुसार भण्डारीको मात्र एक नाम सभामुख मनोनयन दर्ता भएको छ ।

त्यसैगरी जेष्ठ सांसद ओमप्रकाश सरावगीलाई ६२ वर्षका भण्डारीले प्रतिस्थापन्न गर्नेछन् । त्यसैगरी सोमबार नै सभामुखलाई प्रदेश प्रमुख गोविन्द सुब्बाले पद तथा गोपनियताको शपथ ग्रहण गराउने कार्यक्रम छ ।

शपथ ग्रहण कार्यक्रम लगत्तै सभामुखले प्रदेशसभाको बैठक सोमबार अपरान्ह राखिने बताइएकोछ । सोही बैठकबाट उपसभामुखको चयनका लागि फागुन ३ गतेको मिति अघि सारिनेछ । उपसभामुखका लागि एमाओवादी केन्द्रबाट उमिता विश्वकर्मा र सरस्वती कुमारी पोखरेलको आकांक्षा रहेको छ ।

सम्बन्धित समाचार 

एमालेमा मुख्यमन्त्रीका लागि रस्साकस्सी : प्रदेश १ र ३ मा संसदीय दलको नेता छान्न चुनाव हुँदै

 

माघ २९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्