शिवरात्रीमा पशुपतिमा ग्राण्डीको इमरजेन्सी हेल्थ डेस्क

काठमाडौँ- महाशिवरात्रीको अवसरमा मंगलबार काठमाडौंको टोखा धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पशुपतिनाथ मन्दिर परिसरमा इमर्जेन्सी हेल्थ डेस्क सञ्चालन गर्ने भएको छ।

अस्पतालले हरेक बर्षझैँ आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पशुपतिनाथको दर्शनका लागि देश बिदेशबाट आएका  दर्शनार्थीहरुलाई आकस्मिक उपचार सेवा दिन इमर्जेन्सी हेल्थ डेस्क सञ्चालन गर्न लागेको हो।

हेल्थ डेस्कमा इएमएस भ्यानसहित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका चिकित्सक र नर्स सहितको टोलीले मंगलबार बिहान ७ बजेदेखि मन्दिर परिसरको पश्चिम प्रवेशद्वारको दायाँतर्फ रहेको चुनचुन डवलीस्थित डेस्कमा रहेर सेवा प्रदान गर्नेछन्।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले आफ्नो स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पशुपतिनाथ मन्दिर परिसरमा हरेक वर्ष महाशिवरात्री तथा हरितालिका तीजमा इमरजेन्सी हेल्थ डेस्क सञ्चालन गर्दै आएको छ ।

सम्बन्धित समाचार 

शिवरात्रिमा गहना नलगाई पशुपतिनाथ आउन कोषको आग्रह

पशुपतिमा थरिथरिका साधुहरु!

माघ २९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्